प्रेस युनियनमा ८७ पदका लागि १७३ जना भिड्दै
७ साउन, काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ ।
प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।
मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply