८ श्रावण २०७९, आईतवार ०६:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला
८ साउन, झापा । झापामा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका-५, पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका हुन् ।
झुण्डिनेहरुमा पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ बर्षीया छोरी अञ्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
तीनै जना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैले काम गर्ने बगानमा उनीहरु झुण्डिएको अवस्थामा भेटिएका हुन् । ‘सामुहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनीहरु तीनै जना शनिबार दिउँसो घुम्न भनेर घरबाट हिंडेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply