एसईई नतिजा आज, ३५ अंक नल्याए वर्गीकृत नगरिने
११ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा आज प्रकाशन गर्ने भएको छ । हिजो बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
गत बैशाख ८ गते सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६८१ विद्यार्थीहरु सहभागी भएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नेपाल टेलिकममार्फत यसरी हेर्न सकिन्छ एसईईको नतिजा
नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ ।
कम्पनीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको हो ।
सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार कल गरेर- नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply