आज गृहजिल्ला झापा आउँदै ओली, यस्तो छ तीन दिने कार्यक्रम
११ साउन, झापा । स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुनेछ ।
थापाका अनुसार साउन ११ गते देखि १३ गतेसम्म अधयक्ष ओली झापामा बस्नुहुनेछ । आज विहान १० बजे अध्यक्ष ओली भद्रपुरका लागि उड्ने तयारी छ । ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर अध्यक्ष ओली विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ । ११ गते अध्यक्ष ओली विर्तामोड मै बस्नुहुनेछ ।
१२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो । उहाँका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
१०।३० बजे गौरादह नगरकमिटीका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ । १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी दुवै भेटघाट होटल कामाक्षमा आयोजना गरिएको छ ।
दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्ष भन्दा माथीका जनप्रतिनिधी,जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । यो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा हुनेछ ।
अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग भेटघाट,६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको थापाले जानकारी दिनुभयो । सो दिन अधयक्ष ओली दमक मै बस्नुहुनेछ ।
१३ गते ९ बजे पार्टी निकट व्यावशायीसँग भेटघाट,१० बजे अनेम संघका नेता कार्यकर्तासँग भेटघाट,११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply