हामीले भाकल गरेर गठबन्धन टुट्दैन : पोखरेल
१४ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
आज नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाकल गरेर गठबन्धन नटुट्ने बताए ।
हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जितिन्छ भनिरहेका छौं,’ उनले भने, भाकल गरेर गठबन्धन टुट्दैन । अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं ।
लोकप्रिय मत ल्याउँदा पनि कसरी सिट संख्या कम भयो भन्नेतर्फ सोच्न पर्ने उनले बताएका छन् । व्यवस्थापकीय कमजोरी हुँदा गत स्थानीय तह निर्वाचनमा कमजोर नतिजा आएको उनले बताए ।
‘हामीले उम्मेदवार कहिले तय गर्छौं ? जित्ने वा नजित्ने भन्ने आधारमा सिफारिस भएन, उहाँले साह्रै दुःख पाउनु भएको छ भन्दै टिकट मागिन्छ, उनले भने, ‘सिफारिस प्रणाली, कमिटी प्रणाली कमजोर हुँदा हामीले जित्नपर्ने ठाउँमा पनि जितेनौं। त्यसकारण हामी यस्ता कुरामा ध्यान दिनपर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply