देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ : सीपी मैनाली
१७ साउन, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन फेरि केपी शर्मा ओलीको नेतृत्व चाहिएको निश्कर्ष सुनाउनु भएको छ । तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले मुलुकलाई जोगाउन केपी ओलीको नेतृत्व अनिवार्य बनिसकेको तथ्य राख्नुभएको हो ।
देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ, मैनालीले भन्नुभयो । अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व केपी ओलीलाई सुम्पिनु पर्ने मैनालीको भनाई छ । उहाँले पाँच दलीय गठबन्धनका नेता लाज पचाएर बिदेसीसामू लम्पसारवादी भएको भन्दै चर्को आलोचना पनि गर्नुभयो । महासचिव मैनालीले एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई सुझावसमेत दिनुभयो ।
एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी रहेको मैनालीको भनाई थियो । एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गर्नुभयो । ‘गठबन्धन बिदेसीसामूलम्पसार पर्यो, देशकै अस्तित्व खतरामा पर्यो, अव एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्नुपर्छ, मैनालीले भन्नुभयो ।
महासचिव मैनालीले प्रचण्ड र माधवहरु विदेसीको भरिया बनेको कठोर टिप्पणीसमेत गर्नुभयो । कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा प्रचण्ड लागेको भन्दै मैनालीले उहाँलाई नक्कली वामपन्थी भएको ठोकुवा गर्नुभयो । ‘प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लागेका छन, उनी नक्कली वामपन्थी हुन, मैनालीले भन्नुभयो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply