नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।
निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक अघिल्लो कात्तिकमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएका थिए । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उनी काममा फर्किएका थिए ।
निवर्तमान पर्यटन मन्त्री प्रेम आलेसँगको विवादका कारण अधिकारीले पद गुमाउनु परेको हो । यसबीचमा उनले निगमको दुरावस्था पार लगाउने गरी कुनै पनि काम गर्न सकेनन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply