नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।
निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक अघिल्लो कात्तिकमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएका थिए । अदालतले असार २३ मा अधिकारीमाथि जाँचबुझ वा छानविन गर्नुपर्ने भए निलम्बन नगरी नै गर्न सकिने भएको भन्दै सरकारले गरेको निलम्बन फिर्ता गरेको थियो । त्यसपछि उनी काममा फर्किएका थिए ।
निवर्तमान पर्यटन मन्त्री प्रेम आलेसँगको विवादका कारण अधिकारीले पद गुमाउनु परेको हो । यसबीचमा उनले निगमको दुरावस्था पार लगाउने गरी कुनै पनि काम गर्न सकेनन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply