‘उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ’
१९ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाका सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेपछि स्वतः सकिने बताएका छन् ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले उम्मेदवारी दिएपछि पद स्वतः सकिएको मानिनु पर्नेमा आयोगको धारणा स्पष्ट रहेको बताएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका थियौं । दशैंलगत्तै उम्मेदवारी दिने योजनामा छौं । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुप र्छ भन्ने आयोगको स्पष्ट धारणा छ ।
सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउन बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने उनले बताए । सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप हुनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
Leave a Reply