‘उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ’
१९ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाका सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेपछि स्वतः सकिने बताएका छन् ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले उम्मेदवारी दिएपछि पद स्वतः सकिएको मानिनु पर्नेमा आयोगको धारणा स्पष्ट रहेको बताएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका थियौं । दशैंलगत्तै उम्मेदवारी दिने योजनामा छौं । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुप र्छ भन्ने आयोगको स्पष्ट धारणा छ ।
सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउन बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने उनले बताए । सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप हुनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply