स्वास्थ्य र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन भट्टराईको माग
२२ साउन, काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ ।
आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गरेका हुन् ।
स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्याउनुपर्ने पनि उनले बताए । बीमा रकम बढाउनका निम्ति ध्यानाकर्षण गराउन चाहान्छु, उनले भने ।
स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उनले बताए ।
उनले संसद बैठकमा भने, सरकारले व्यवसायिक बीमाको रुपमा बुझेको छ । यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमालाई पूर्ववत अवस्थामा अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छु ।
६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले गंगालाल अस्पतालबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएको भनेर आक्रोश व्यक्त गरे ।
बरु उनको नागरिकता ४० वर्षको बनाइदिए उनले अझै २० वर्षसम्म जागिर खान पाउने थिए भनेर भट्टराईले व्यंग्यसमेत गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply