देउवाले बालुवाटारमा बोलाए कांग्रेस शीर्ष नेताहरुको वैठक
२३ साउन, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आज बालुवाटार बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ ।
सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ । बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन् ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच आउँदो निर्वाचनमा पनि तालमेल गर्ने सहमति भइसकेको छ । उनीहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय छ । सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply