एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण
२३ साउन, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको छ । ओलीको आकस्मिक अवतरण भएपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुग्नुभएको छ ।
मौसमको प्रतीक्षामा रहनुभएका ओली हेलिकोप्टर उडन नसके सडक मार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जनाउनु भएको छ । रौतहटको गौरमा आज बिसाल सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply