एमाले अध्यक्ष ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण
२३ साउन, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर आज दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको छ । ओलीको आकस्मिक अवतरण भएपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुग्नुभएको छ ।
मौसमको प्रतीक्षामा रहनुभएका ओली हेलिकोप्टर उडन नसके सडक मार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जनाउनु भएको छ । रौतहटको गौरमा आज बिसाल सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply