अर्थ मन्त्रालयले तयार पारेको नयाँ तलबमान तत्काल लागू नहुने
२३ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणा विपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि आन्दोलित भएका कर्मचारी संगठनका प्रतिनिधिहरूसँग आज अर्थमन्त्रीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अर्थमन्त्रीलाई भेट्न निजामति कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पुगेका थिए ।
अर्थमन्त्रीसँगको भेटपछि पोखरेलले तत्कालका लागि बजेट भाषणअनुसार नै तलब वृद्धि हुने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको बताए । चालु आर्थिक वर्षका लागि पारित भएको बजेटमा १५ प्रतिशत तलब वृद्धि गर्ने भनिएको छ । भेटमा अर्थमन्त्रीले ‘पे कमिशन’ गठन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मर्यादाक्रम मिलाउने भन्दै अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव तयार गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी भइरहेका वेला शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply