विचार नमिल्नेसँग तालमेल हुँदैन : नेम्वाङ
२४ साउन, पाँचथर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् ।
आज पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले चुनावी तालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको बताएका हुन् । ‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ, उनले भने ।
नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण,आर्थिक सूचक सुधार र नागरिक उत्तरदायित्वमा पटक-पटक चुकेको आरोप पनि लगाएका छन् । ‘दूषित गठबन्धन चुनाव गर्ने मनस्थितिमा पनि थिएन, एमालेको दबाबसँगै निर्वाचन आयोगले पटक-पटक दबाब दिएपछि मिति घोषणा गर्यो, सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ गएर बहुमत ल्याउछौँ, उनले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply