कार्यकर्ताका लागि भदौदेखि स्कुल सञ्चालन गरिने
२४ साउन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना पारित गरेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वताउनुभयो ।
प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको छ । भदौ २ गतेदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भाग लिन पाउने भएको छ । प्रशिक्षण तीनदिने हुने छ भने चालीस जनाको सहभागिता रहने छ ।
त्यसपछि राष्ट्रिय युवा संघका युवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ । क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरमा सात\आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले वताउनुभयो ।
प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनु हुने छ ।
नेकपा (एमाले) मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहनुभएकाले उहाँहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ ।
उपमहासचिव ज्ञवालीले नवप्रवेशी लक्ष्यित प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको वताउनुभयो । उहाँले भन्नुभयो– नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।
असोजदेखि दुई महिना सिङ्गो पार्टीपङ्ती निर्वाचनमा केन्द्रित हुने भएकाले विभागले आफ्नोे बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुसदेखि पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
विभागले पाठ्यसामग्री तयारी र प्रकाशनलाई पनि कार्ययोजनामा राखेको छ । विभाग प्रमुख ज्ञवालीले पाँच\छवटा पुस्तक तयार भइसकेका र प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply