स्वास्थ्य शिक्षालाई सरकारले नै निषेध गरिरहेको छ : ओली
२५ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।
स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । आज काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेता ओलीले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि नेपालमा कृषि बजारको अभाव नभएको दाबी गरे । ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेसन हब बनाउनुपर्ने हो । अस्पतालको हब बनाउनुपर्ने हो-यो देशलाई,’ नेता ओलीले भने । यस क्रममा अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply