सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक बस्दै
२६ साउन, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सहयोगका लागि गठित कार्यदलकोे दोस्रो बैठक आज बस्दै छ । वैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने तय भएको हो ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटको मोडालिटीबारे आ-आफ्नो पार्टीमा छलफल गरेपछि आज समितिको बैठक बस्न लागेको हो ।
कार्यदल संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बैठक बस्न लागेको हो । यसअघि सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन् । जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply