शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
२७ साउन, काठमाडौं । राज्यले आफूलाई न्याया नदिएको भन्दै राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिकका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ ।
आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित राष्ट्रपति भवन शितल निवासअघि पुगेकी २० वर्षीया निहारिकाले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।
राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसिरहेकी छन् ।
यसअघि पनि उनी अनसन बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ । यसअघिको अनसन तोड्ने बेला सरकारले उनको माग पुरा गर्न सबै खालका सहयोग गर्ने वचन दिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply