नेता त्यागी होस्, आडम्बरी र पाखण्डी नहोस् : ओली
२९ साउन, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने बताएका छन् ।
आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारसँग कटाक्ष गर्न मन नलागेको भन्दै वर्तमान अवस्थाले आलोचना गर्नुपरिरहेको बताए ।
म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्, उनले भने, माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् । त्यस्तै उनले सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए ।
‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ’, पुर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।
उनले आफु प्रधानमन्त्री हुँदा देशमा कहिल्यै पैसा छैन भनेको सुन्नुभएको छ भन्दै युवाहरुलाई प्रश्न गरे । म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ? यता पनि पैसा छ, उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ । धरहरा बन्छ पैसा छ । रानीपोखरी बन्छ पैसा छ, दरवार हाइस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ’, उनले ३९६ वटा अस्पताल आफूले एकै ठाउँबाट शिलान्यास गरेको र बजेट छुट्याए पनि अहिले पैसा नै नभएर केही काम नभएको बताए ।
‘अहिले सवै पैसा कटेको छ, केही विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ?’पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो भन्नेमा आफूलाई चिन्ता लागेको बताए । ‘पैसा कसरी हरायो ? अलच्छिन कहाँबाट पस्यो ?’, सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै ओलीले भने, ‘एमालेको भन्दा राम्रो काम गरोस, विकास होस् जनताले दुख नपाउन् भन्नेमात्र हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply