नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय
३१ साउन, काठमाडौं ।सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि दिएको जानकारी अनुसार संसदले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनर्विचार गरी फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको हो । राष्ट्रपतिले उक्त विधेयक पुनर्विचारका लागि फिर्ता पठाइसकेको अवस्थामा संवैधानिक प्रक्रियाअनुसार संसदमा छलफल गरी यथास्थितिकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउने तयारीमा गठबन्धन जुटेको हो ।
संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, संसदले सोही विधेयकलाई पुनर्विचार गरी प्रमाणीकरणका लागि पठाएमा राष्ट्रपतिले फेरि फिर्ता पठाउन मिल्दैन ।
मन्त्री कार्कीका अनुसार गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत छलफल गरी यस सँग प्रत्यक्ष, अप्रत्यक्ष संलग्न रहेका सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडित लगायत व्यक्ति तथा संघ संस्थाहरूसँग परामर्श गरी उनीहरुबाट आएका सरसल्लाह र सुझावलाई गहन रुपमा लिनका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप विधेयक अघि बढाउन सहमति भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply