बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्यो हवाईफायर
३१ साउन, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई रोकेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस प्रहार गरेको हो ।
त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका-१ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयलाई चेतावनी दिएका छन् ।
प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडि बढे पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि झडप शुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् ।
फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन् । ‘प्रहरीले बल प्रयोग गर्ने सिद्धान्त अनुसार विभिन्न उपाय अपनाउन सक्छ । त्यहि अनुसार हाम्रो कमाण्डरले काम गरिरहेका होलान । बेलुका मात्रै एकिन भन्न सक्ने स्थिति छ । स्थानीयले आधा घण्टा अगाडी ढुंगा प्रहार भएको चैं रिपोर्टिङ आएको छ,’ प्रवक्ता मैनालीले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply