१० वर्षपछि एमालेमै फर्किए पूर्वमन्त्री हेमराज राई
१ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई कार्यकर्तासहित १० वर्षपछि फेरि एमालेमै फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राईसहितका नेताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका छन् । राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कणर् बहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बं सार्की पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले बताएको छ ।
राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए । उनले गत ९ साउनमा जसपाबाट राजीनामा बुझाएका हुन् । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री थिए । नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी ०६९ साल असोज १८ गते अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply