१० वर्षपछि एमालेमै फर्किए पूर्वमन्त्री हेमराज राई
१ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई कार्यकर्तासहित १० वर्षपछि फेरि एमालेमै फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राईसहितका नेताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका छन् । राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कणर् बहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बं सार्की पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले बताएको छ ।
राई भोजपुरका पुराना कम्युनिष्ट नेता हुन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए । उनले गत ९ साउनमा जसपाबाट राजीनामा बुझाएका हुन् । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री थिए । नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी ०६९ साल असोज १८ गते अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply