गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही : ओली
१ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन विचार र गन्तव्य नभएको देशद्रोही भएको आरोप लगाएका छन् । आज राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको बताए ।
उनले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको आरोप लगाएका छन् । उनले भने, कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन । नीति के छ गठबन्धन । कार्यक्रम के छ गठबन्धन । पुग्ने कहाँ हो गठबन्धन । गठबन्धन गरेर के गर्ने हो, गठबन्धन ।
उनले समाजमा परिवर्तन ल्याउनका लागि राजनीति गर्नुपर्ने बताए । उनले थपे, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।
उनले समृद्धि नेपाल,सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको बताए । एमालेले जीते देशले जित्ने र स्थिरता आउने दावी गरे । उनले भने, एमालेले जित्यो भन्यो भ्रष्टाचारविरोधी अभियानले जित्छ । होइन भने त करका दर, व्यापारीका प्रतिनिधि ल्याएर भ्रष्टाचार झन बढि झांगिन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply