राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक भोलि नै संसदबाट पास गरिने
१ भदौं,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले भोलि का लागि कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।
मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल अघि बढाउने गरी सापकोटाले बिहीबार साढे १० बजे सबै दल सम्मिलित परामर्श समिति बैठक डाकेका हुन् ।
उक्त बैठकपछि भोलि ११ बजे बस्ने संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि पुनर्विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी उक्त बैठकबाटै नागरिकता विधेयकलाई पारित गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार साँझ सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । यसअघि नै बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि पठाउने निर्णय गरिसकेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply