गठबन्धनले जनतालाई सुन्दैन, अब एमालेको सरकार बनाउनुपर्छ : ओली
३ भदौ, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन्।
नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका हुन्।
औपचारिक, अनौपचारिक सबै वर्ग, क्षेत्र र समुदाय, मानवीय विकास, रोजगारीको अवसर, शिक्षा, स्वास्थ्यको लागि एमाले सरकार आवश्यक रहेको पनि उनले बताए।
एमालेको सरकार हामी यस पटक निश्चित रूपमा बनाउँछौँ, चाहे गठबन्धन जोसुकैले गरुन्, जेसुकै गरुन्’, उनले भने, ‘गठबन्धनमा जनता सामेल छैनन्, गठबन्धनमा नेता मात्रै छन्।
सत्ता गठबन्धन विकासविरोधी आपराधिक भएको ओलीले दाबी गरे।
जनताले भ्रष्ट नेताहरूको आपराधिक गठबन्धनलाई अस्वीकार गर्छन्’, उनले भने, देशको अहितमा, देशविरुद्ध निर्माण गरिएको प्रगतिविरोधी, विकासविरोधी, मजदुर किसानविरोधी, गरिवविरोधी, सुकुम्वासीविरोधी यस गठबन्धनलाई पराजित गरेर एमालेको सरकार बनाउनु पर्दछ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply