एमालेलाई सरकारको नेतृत्वमा ल्याउने गरी चुनावी तयारी छ : भट्टराई
३ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आउँदो चुनावको तयारी गरिरहेको दावी गरेका हुन् ।
शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदो चुनावका लागि आफ्नो पार्टीले नागरिकको आकांक्षााअनुसारको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।
उनले भने, एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । हामी आउँदो चुनावमा सरकार सञ्चालन गर्ने आकांक्षाका साथ तयारी गरिरहेका छौँ । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी र प्रतिबद्धताहरूलाई सम्बोधन गर्दै अगाडि जाने खालको हुन्छ ।
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आउँदो चुनावका लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरेको बताए । एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । त्यहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply