प्रधानमन्त्रीलाई ओलीको प्रश्न : लिम्पियाधुरा र लिपुलेक कसको हो ?
६ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताएका छन् ।
उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नु हुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नु हुन्न, अस्ती भारत जाँदा पनि चुइक्क बोल्नु भएन, अध्यक्ष ओलीले थपे, माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नु हुन्न ।
उनले शेरबहादुर र प्रचण्डलाई भारतले बोलाए पनि माधवलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाएका छन् । उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’ ओलीको भनाइ छ ।
उनले नेपाली काँग्रेस नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भए पनि गठबन्धन त्यो दिशामा नभएको बताएका छन् । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए । ‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो, ओलीले भने ।
उनले गठबन्धनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ढाँट, छल, बेइमानी, देशद्रोही क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply