प्रधानमन्त्रीलाई ओलीको प्रश्न : लिम्पियाधुरा र लिपुलेक कसको हो ?
६ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताएका छन् ।
उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नु हुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नु हुन्न, अस्ती भारत जाँदा पनि चुइक्क बोल्नु भएन, अध्यक्ष ओलीले थपे, माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नु हुन्न ।
उनले शेरबहादुर र प्रचण्डलाई भारतले बोलाए पनि माधवलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाएका छन् । उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’ ओलीको भनाइ छ ।
उनले नेपाली काँग्रेस नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भए पनि गठबन्धन त्यो दिशामा नभएको बताएका छन् । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए । ‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो, ओलीले भने ।
उनले गठबन्धनले एमसीसीबारे गठबन्धनमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ढाँट, छल, बेइमानी, देशद्रोही क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply