सुदूरपश्चिमका प्रदेश अध्यक्षले छाडे एकीकृत समाजवादी
९ भदौ, काठमाडौं ।नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्।
पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, २०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे। गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।
पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ। ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो, शाहीले भनेका छन्, त्यसवापदको पछुतो र आत्मग्लानि भएको छ।
उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरेका छन्।
विगत ५/६ महिनादेखि नै पार्टी काम छाडेर निष्क्रिय रहेको अस्वस्थ थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु, शाहीले भनेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply