अवैध संरचना हटाउन शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षण
९ भदौ, काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।
अहिले मेयर बालेनसहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।
बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।
बालेन नेतृत्वको टाेलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।
बानेश्वर र शंखमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् ।
व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।
टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुगमन गरिरहेको छ ।
आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply