कीर्तिपुरमा पनि चल्यो डोजर, अवैध संरचना भत्काउन थालियो
९ भदौ, काठमाडौं । काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान थालेको छ
उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन्।
मेयर राजकुमार नकर्मीका अनुसार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो।
नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।
यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिना बनेका संरचना हटाउन लाग्ने नकर्मीले बताए।
आजबाट सुरु भएको छ, उनले भने, हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।
स्थानीयबासीले नगर प्रमुखको उक्त कदमको प्रशंसा गरेका छन्। बालेनभन्दा कम नभएको बताउँदै उनीहरुले यसअघि कसैले गर्न नसकेको काम नगरप्रमुख नकर्मीले गरेको बताए।
अहिलेको नगर प्रमुख राजकुमार नकर्मीले आँट गरेर राम्रो काम गर्नुभयो’, उनले भने, अन्य ठाउँमा पनि डोजर चलाउनुपर्छ। अनि मात्रै कीर्तिपुर नगर सुन्दर हुन्छ।
यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापासबिनै बनेका संरचना हटाउन लाग्ने नकर्मीले बताए।
आजबाट सुरु भएको छ, उनले भने, ‘हामीले अब नक्सापासबिनै तयार भएका संरचना हटाउन लाग्नेछौँ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply