एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक शुरू
१० भदौ, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक पार्टी कार्यालय, च्यासल ललितपुरमा शुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा करिव ११। ३० बजे बैठक शुरु भएको हो ।
बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयहरूमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षा लगायतका विषयमा सम्वोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको वताए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको पूर्वसन्ध्यामा हुन गइरहेको यस बैठकले उम्मेदवार छनौट प्रक्रिय र मापदण्ड निर्धारण गर्ने छ । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमी कमजोरी छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत हुने छ । त्यस्तै बैठकले सचिवालय बैठकबाट भएको निर्णयहरूको अनुमोदन गर्ने छ ।
सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चारजना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply