एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक शुरू
१० भदौ, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक पार्टी कार्यालय, च्यासल ललितपुरमा शुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा करिव ११। ३० बजे बैठक शुरु भएको हो ।
बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयहरूमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षा लगायतका विषयमा सम्वोधन गरेका छन् । सम्बोधनका क्रममा उनले वर्तमान गठबन्धन सरकारले देशलाई बर्बादीको दिशामा लगिरहेको वताए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको पूर्वसन्ध्यामा हुन गइरहेको यस बैठकले उम्मेदवार छनौट प्रक्रिय र मापदण्ड निर्धारण गर्ने छ । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमी कमजोरी छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत हुने छ । त्यस्तै बैठकले सचिवालय बैठकबाट भएको निर्णयहरूको अनुमोदन गर्ने छ ।
सचिवालयले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चारजना केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply