जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ : ओली
१० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनाव हार्नै नमिल्ने बटमलाइन सुनाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
अध्यक्ष ओलीले परमादेशबाट हटनु परेकोले जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताउनु भयो । ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन, केन्द्रीय सदस्यहरुलाई सम्बाधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।
इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने पनि ओलीको भनाई छ ।
‘एमाले विजयको यात्रामा लम्किनुपर्छ । यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले समृद्ध नेपाल ः सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पार्दै थप्नुभयो, जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ ।
शनिवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन समेत दिनुभएको छ । केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत भएको छ ।
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply