जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव जित्नैपर्छ : ओली
१० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी चुनाव हार्नै नमिल्ने बटमलाइन सुनाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
अध्यक्ष ओलीले परमादेशबाट हटनु परेकोले जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताउनु भयो । ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन, केन्द्रीय सदस्यहरुलाई सम्बाधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो ।
इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने पनि ओलीको भनाई छ ।
‘एमाले विजयको यात्रामा लम्किनुपर्छ । यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन प्रभावकारी भुमिका खेल्नुपर्छ, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले समृद्ध नेपाल ः सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पार्दै थप्नुभयो, जतिसुकै घेराबन्दी भएपनि हामीले चुनाव जित्नैपर्छ ।
शनिवारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन समेत दिनुभएको छ । केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत भएको छ ।
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply