एमाले केन्द्रीय कमिटीको बैठक शुरु
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट केन्द्रीय कमिटी बैठक शुरु भएको हो ।
केन्द्रीय सदस्य निरु पालले सामाजिक सञ्जालमार्फत् बैठक शुरु भएको जानकारी दिएकी छन् । ‘नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक दोस्रो दिनको बैठक शुरु, उनले लेखेकी छन् । शुक्रबारबाट शुरु भएको बैठकमा शनिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ ।
एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले शनिबार नै जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने संघ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर संकट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply