एमालेका प्रत्येक सदस्यले २ नयाँ मतदाता थप्नुपर्ने, ५० लाख मत कटाउने लक्ष्य
११ भदौ, काठमाडौ । नेकपा एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ मतदाता थप्नेगरी अभियान सञ्चालन गर्ने भएको छ । एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ ।
एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।
एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सन्चालन गर्ने भएको छ ।
प्रत्यक्षमा ५० लाख मत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् । गठबन्धनका कारण प्रत्यक्षमा सीट कम हुने भएकाले पनि एमालेले समानुपातिकमा बढी जोड दिएको छ ।
बैठकमा टोल टोलमा संगठन, घरघरमा सदस्य अभियानको प्रस्ताव समेत पेस भएको छ भने एक बुथ सय युथको अभियान पनि सन्चालन हुने पोलिटब्यूरो सदस्य सुर्य थापाले बताए ।
केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोली नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन् । एमाले बैठक आजै समापन हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply