एमालेका प्रत्येक सदस्यले २ नयाँ मतदाता थप्नुपर्ने, ५० लाख मत कटाउने लक्ष्य
११ भदौ, काठमाडौ । नेकपा एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ मतदाता थप्नेगरी अभियान सञ्चालन गर्ने भएको छ । एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ ।
एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।
एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सन्चालन गर्ने भएको छ ।
प्रत्यक्षमा ५० लाख मत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् । गठबन्धनका कारण प्रत्यक्षमा सीट कम हुने भएकाले पनि एमालेले समानुपातिकमा बढी जोड दिएको छ ।
बैठकमा टोल टोलमा संगठन, घरघरमा सदस्य अभियानको प्रस्ताव समेत पेस भएको छ भने एक बुथ सय युथको अभियान पनि सन्चालन हुने पोलिटब्यूरो सदस्य सुर्य थापाले बताए ।
केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोली नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन् । एमाले बैठक आजै समापन हुनेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply