भारतीय वायु सेनाका उपप्रमुख काठमाडौंमा
१२ भदौ, काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय भ्रमणदल आज काठमाडौं आइपुगेको छ ।
भदौ १२ देखि १६ गतेसम्म नेपाल भ्रमण गर्ने योजना अनुरूप एयर भाइस मार्सल तेजवीर सिंह नेतृत्वको टोली काठमाडौं आएको नेपाली सेनाले जनाएको छ । पाँच दिवसीय भ्रमणको क्रममा उक्त भ्रमण दलले भोलि प्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने तालिका छ । भ्रमण दलले भोलि नै जङ्गी अड्डाको भ्रमण गर्नेछ ।
यस्तै, भदौ १४ गते पोखरास्थित मध्य कमाण्ड हेड क्वाटरको भ्रमण गर्ने कार्यक्रम छ । साथै, उक्त भ्रमणदलद्वारा पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाडौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply