ओलीको निर्देशन : उम्मेदवार छान्न चुनाव नगर्नु
१३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिकै आधारमा प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार छान्न निर्देशन दिएका छन् । आइतबार निर्वाचन परिचालन समितिको बैठकमा उनले एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् ।
तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकांक्षीको नाम संघमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै चुनाव नगर्नु ।
बैठकमा अध्यक्ष ओलीले चुनाव गर्दा गुटबन्दी मौलाएको र पराजित उम्मेदवारले अर्काे उम्मेदवारलाई चुनावमा सहयोग नगरेको उदाहरण गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पनि देखिएको भन्दै चुनावबाट उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।
उनले गठबन्धनका बिरुद्ध एक्लै लड्नुपर्ने भएकाले आफ्नै कमरेडहरुले निर्वाचन क्षेत्रमै मन दुखाउन पर्ने स्थिति आउन दिन नहुने बताए । एमाले आउँदो २२ गतेभित्रमा प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । परिचालन कमिटीबाट ३४ सदस्यी केन्द्रीय सचिवालय गठन गरेको एमालेको यही सचिवालयले उम्मेदवारको अन्तिम सूचि तयार पार्ने जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply