गठबन्धनले चुनावमा एक्ला-एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसके : पोखरेल
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् ।
उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए । यस पटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शत्तिको छनौटको रुपमा रहेको छ, आज राजधानीमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, पाँच दलीय सत्ता गठबन्धनले चुनवामा एक्ला-एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।
आफूहरु एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे । मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरीहार्य हुने उनले बताए । जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यतिबेला राजनीतिक दलहरुले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामर्थ्य राख्नु पर्छ, उनले भने ।
नेपालको पुरानो महत्वपूणर् राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply