भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
१६ भदौ,काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगम स्रोतका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ भने हवाई इन्धन ८ रुपैयाँले बढेको आएको छ । यस्तै, यस पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेको छ ।
यससँगै, निगमलाई १५ दिनमा ४८ करोड २५ लाख रुपैयाँ घाटा हुने भएको छ । निगम स्रोतका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेको स्थितिमा एलपीजी ग्यासको घट्दा करिब २ करोड रुपैयाँ बराबरको घाटा जोगिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्यको भाउ उकालो लागेको छ । यसअघि, प्रतिब्यारेल कच्चा तेलको मूल्य ९४ डलरसम्म आइपुगेको थियो । जुन, अहिले बढेर १०० डलर प्रतिब्यारेल भन्दा माथि पुगेको छ । यससँगै, आईओसीले पठाएको नयाँ मूल्यसूची बढेर आएको हो ।
यसअघि, आईओसीले तीन पटकसम्म मूल्य घटाएर पठाएको थियो । तर, अब फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि भाउ बढाएर पठाएको हो । आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अंग्रेजी तारिख १ र १५ मा मूल्यसूची पठाउने गरेको छ । यस्तै, निगमले आईओसीलाई ८ र २३ तारिखमा भुक्तानी गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply