महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्यो कर
१६ भदौ, काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । आज फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो ।
फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगलाई आज मनोरञ्जन कर बुझाएको बताए । उनले भने, फनपार्क सञ्चालनमा आएको समयदेखि गत आर्थिक वर्षसम्मको १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेर आएका हौं ।
काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि नेपाल प्रेसले सम्पर्क गर्दा फनपार्क सञ्चालकले महानगरलाई कर तिर्न बाँकी नरहेको जिकिर गरेका थिए ।
हिजो महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गरेका थिए ।
तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी पत्रमा दिइएको छ ।
फनपार्कले समाजकल्याण परिषदलाई मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ । सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply