१७ भाद्र २०७९, शुक्रबार ०७:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य थापासहित ६ जना निष्काशित
१७ भदौ, कैलाली । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।
उनीसँगै एमालेले उनकी पत्नी समेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टीका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूणर् साउदलाई पनि कारबाही गरिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply