काठमाडौंको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त अधिकारी
१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वसन्त अधिकारीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अधिकारीसहित १० सहसचिवको सरुवा गरेका हुन् । अधिकारी साढे दुई वर्षयता संघीय मामिला मन्त्रालयका प्रवक्ता थिए । अधिकारी कर्मचारी प्रशासनमा असल छवि बनाएका सहसचिवका रुपमा चिनिन्छन् ।
महानगरको प्रमुख प्रशाशकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेको भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
बेपत्ता आयोगकी सहसचिव रोशनी श्रेष्ठको गृहमन्त्रालयमा सरुवा भएको छ । त्यस्तै संघीय मन्त्रालयको अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मन्त्रालयमै राखिएको छ । भौतिक योजना मन्त्रालयका सहसचिव सुरेश राउतको श्रम मन्त्रालय र वित्त आयोगका सहसचिव शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै संघीय मन्त्रालयको स्थानीय पूर्वाधार विकास बिभागका सहसचिव कृष्ण कुमार मिश्रको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सरुवा गरिएको छ । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव दीपककुमार दासको वित्त आयोगमा सरुवा भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply