एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए
१७ भदौ, जनकपुरधाम। पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएका हुन् ।
जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् ।
मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उनीहरुलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका छन् ।
कार्यक्रममा उपाध्यक्ष राय र सचिव अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरु एमालेमै फर्किएको बताए। विभिन्न घट्नाक्रमले आगामी संसदीय निर्वाचन पछि यो पार्टी नै नरहने देखिएकाले अब पनि यो पार्टीमा रहिरहनुको औचित्य नदेखिएको बताएका छन् ।
विज्ञप्तिमा पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको पनि भनिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply