कोइरालासँग राजनीतिक कुराकानी भएको हो, धेरै अड्कलबाजी नगरौं : ओली
१७ भदौ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटघाटमा राजनीतिक कुराकानी भएको बताएका छन् ।
आज पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगरमा आएका ओलीले राजनीतिक विषयमै कुराकानी भएको बताउँदै भने, अहिलेकै राजनीतिक परिदृष्य र समसामयिक विषयमा कुराकानी भएको हो । चुनावलगायत विषयमा पनि छलफल भयो ।
ओलीले कोइरालासँग कुराकानी भएको विषयमा धेरै अनुमान र अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । दुई दलका नेताबीच भेटघाट हुनु राजनीतिक विषय भएको ओलीको भनाइ थियो । अध्यक्ष ओली शुक्रबार विराटनगरमा आयोजना भएका तीन वटा कार्यक्रममा सहभागी भएर अपरान्ह झापातर्फ प्रस्थान गरेका छन् । उनले स्थानीय अतिथि सदनमा अनेरास्ववियूको कार्यक्रममा बोल्दै एमाले सरकारमा नभए पनि देशभर राम्रो जनाधार भएको बताए ।
हामी पार्टी निर्माणको अभियानमा लागेका छौँ, यो सबैको अभिभारा पनि हो ओलीले भने, देशको भौगोलिकता र विकासको लागि पनि एमालेले नै जिम्मा लिने हो ।ओलीले देश बनाउने कुरामा एमालेले कसैसँग सम्झौता नगर्ने बताए । उनले विकास असम्भव नभएको सुनाए । संघर्षको बलमा नै नेपालमा लोकतन्त्र स्थापना भएको बताउँदै उनले सामाजिक क्षेत्रको विकास नयाँ पिँढीबाट गरिनुपर्ने पक्षमा आफू पनि रहेको प्रष्ट पारे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply