चोलेन्द्रसँगको बयान आजलाई सकियो, भदौ २६ गते अर्काे बयान
१९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२ः३० बजे बयानका लागि फेरि बोलाएको छ। समितिले जबरासँग आज थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ।
यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिनुभएको छ ।
आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताउनु भएको छ । संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाउनु भयो । उहाँनले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा पनि राख्नुभयो ।
न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उहाँमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।
महाभियोग भ्रामक, सत्यता छैन
बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको महाभियोग भ्रामक भएको बताउनु भयो। जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताउनु भयो । जवराले भन्नुभयो, ‘महाभियोग आरोप भ्रामक हो। सत्यता छैन। निर्थक छ।
उहाँले दायित्वबाट नचुकेको बताउनु भयो । न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको उहाँको दावी छ । संविधानबमोजिम नियुक्त भएको हुँ। संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर गएको छैन, उहाँले भन्नुभयो ।
संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप उहाँको छ । उहाँले महाभियोग लगाएको साढे ६ महिना हुँदासम्म यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गर्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply