प्रदेश कमिटीले पठाएका उम्मेदवार सिफारिमाथि एमाले केन्द्रीय कार्यालयले थाल्यो छानविन
२३ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाएका उम्मेदवारहरूबारे नाममाथि छानविन थालेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार पठाएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहानसम्म तीन प्रदेश (गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति) को सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ, सचिव अधिकारीले भन्नुभयो, आज बेलुकासम्म सबै प्रदेशको आइसक्छ भन्ने अपेक्षा छ ।
एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply