ओली–महन्थ छलफल, एमाले–लोसपा तालमेल प्रयास
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे ।
अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो, ती नेताले भने । स्रोतका अनुसार एमालेले लोसपालाई केही सातायता नै सहकार्यबारे आफ्नो तयारी गर्न प्रस्ताव पठाएको थियो । तर ठाकुर अनिर्णित थिए ।
मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पुर्याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।
अब त हामीलाई एमालेसँग सहकार्य गर्नुको विकल्प छैन, लोसपाका दोस्रो तहका प्रभावशाली नेताले भने, नत्र हामीले संघ र प्रदेश दुवैतिर गुमाउँछौं ।
ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरु बताउँछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply