राष्ट्र उत्थानका लागि नागरिक अनुशासित बन्नुपर्छ : राष्ट्रपति
२४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताएकी छन् ।
आज काठमाडौँमा आयोजित किताब जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताएकी हुन् ।
उनले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताइन् । उनले अनुशासित, मर्यादित र संस्कारयुक्त हुनका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता बनाउने भन्दै सोही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुने उल्लेख गरिन् ।
उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने भन्दै जीवनको विभिन्न आयामहरुसँगको साक्षात्कारबाट पनि हुने बताइन् । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य भएकोले ज्ञानका लागि अध्ययन अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले भनिन्, कुनै पनि राष्ट्रको उत्थानका लागि हरेक नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नु अनिवार्य छ । यसकालागि सुपठित हुनु पहिलो शर्त हो । अध्ययनले सत्यको खोज र तथ्यको पहिचान गर्ने क्षमता निर्माण गर्छ। ण् त्यही क्षमताको आधारमा राष्ट्रको समृद्धिका जगहरु निर्माण हुन थाल्दछन् । समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञानको समृद्धि पनि हो । सभ्यताको समृद्धि पनि हो । अध्ययन कागजमा छापिएका अक्षरबाट मात्रै हुँदैन । जीवनका विविध आयामसँगको साक्षात्कारबाट पनि हुन्छ । समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ । ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ ।
कार्यक्रमको अवसरमा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमलाई ‘प्रेम साहित्य सम्मान’ अर्पण गरेकी थिइन् । त्यसैगरी किताब यात्रा बेष्ट सेलर पुरस्कारबाट पुस्तक ‘सत्यमोहन’ का लागि लेखक गिरिश गिरीलाई सम्मान गरेकी थिइन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply