मंसिर ४ पछि फेरि एमाले सरकारमा आउँछ : नेता बस्नेत
२५ भदौ,भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।
भक्तपुरमा आज आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल वाग्मती प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले मंसिर ४ गते पछाडि एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् ।
उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि फटाहाहरुलाई तह लगाउने चेतावनी समेत दिएका छन् । उनले भने, ‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूणर् भूमिका निर्वाह गर्नुपर्छ ।
मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोपसमेत उनले आरोप लगाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply