नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन ओलीको आग्रह
२५ भदौ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न एमाले अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका हुन् ।
‘यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् भनेर विधेयक ल्याए हुन्छ’, उनले भने, ‘सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।’ तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने उनले बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग ओलीले विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काए जस्तै भएको टिप्पणी समेत गरे ।
संसदभन्दा बाहिरबाट निर्णय गरेर मसल देखाउने ? छक्का हानेर रिङ आउट गर्दिन्छौं भन्ने ?, राष्ट्रपतिले विचार विमर्शका लागि पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौं भन्ने यति अंहकारी पनि सत्ता पक्ष हुन्छ ?’, प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो भन्दै ओलीले भने, ‘यो बाउन्सर लगाएर ठिक गर्ने कुरा होइन । संसद् तर्क र विधिविधानले चल्छ ।
सरकारले तनाव बढाउन खोजेको उनको आरोप छ । हरेक आरोप प्रतिपक्षीलाई लगाउन सरकार प्रयासरत रहेको उनको भनाइ छ । भ्रम फैल्याएर भोटको राजनीति गर्न खोजेको ओलीले बताए । वुद्धिजीवी परिषद्को कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका एमाले अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय राजनीतिलाई द्वन्द्वमा लैजाने गठबन्धनको उद्देश्य रहेको उनले बताए ।
लाखौंको संख्या कर्मचारी नियुक्त गर्न सरकारले खोजेको उनले दाबी गरे । दुई-चार जनाले पाखुरा देखाएर सरकार चलाउन खोजेको ओलीको भनाइ छ । दुईचार जनाले पाखुरा देखाएर सरकार चलाउने र जनताले भेडाबाख्रा जस्तो गरेर बसिदिनु पर्ने हो भन्दै उनले प्रश्न गरे । निर्वाचन आयोगले प्रशासन आफ्नो हातमा लिनसक्नु पर्नेमा जोड दिएका उनले स्थानीय तहको निर्वाचनमा जस्तो धाँधली रोक्न नसक्ने अवस्था आगामी निर्वाचनमा नहुने विश्वास पनि व्यक्त गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply