वामपन्थीका नाममा प्रचण्ड-माधवले कुकर्म गरे, गठबन्धनका मतियार बने : पोखरेल
२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनका मतियारहरुसँग मोर्चा नबन्ने बताएका छन् । ललितपुरस्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएका मतियारको संज्ञा दिए ।
‘यो कुहिएको गठबन्धनका मतियारहरुसँग कसरी वाम मोर्चा हुनसक्छ ? उनीहरु कसरी वामपन्थी हुनसक्छन् ?, उनले प्रश्न गरे, ‘किताबमा वाम पन्थीहरुको एकताबारे पढाइन्थ्यो । तर यो अहिलेको यथार्थ हो । वाम मोर्चा हुन सक्दैन ।’
उनले वाम पन्थीहरुको नाममा उनीहरुले (प्रचण्ड-माधव) ले कुकर्म गरेको आरोप समेत लगाएका छन् । ‘वामपन्थीको नाममा उनीहरु कुकर्म गर्नेहरु छन् । उनीहरु वाम मोर्चामा रहन सक्दैनन्,’ उनले थपे, ‘लामो समयसँग सहकार्य गरेका साथीहरुलाई त्यसो भनिरहँदा मलाई पनि कस्तो कस्तो त लाग्दो हो नि । तर लागेर के गर्नु । राजनीतिको यथार्थ यही हो ।
उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित मोरङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पुर्याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए । यसकारण निरन्तर जनता माझमै रहन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
उनले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताए । उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे ।
उनले थपे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानु होला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँसुकै जेसुकै गरे पनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नु भएन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply