आज पनि सत्ता गठबन्धनको बैठक बस्दै
२६ भदौ,काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकाले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने,हामी सहमतिको धेरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपमा सार्वजनिक मात्रै गर्न बाँकी छ । चाँडै नै टुंगो लाग्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौँ ।
एकीकृत समाजवादी र जसपाले माओवादी र कांग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । दलहरूको आ-आफ्नै अडानले गठबन्धनको पटक पटक बसेको बैठकमा सहमति जुट्न सकिरहेको छैन । गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply